प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण समारोह (फोटो फिचर)

काठमाडौँ- नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यसैगरी दुई जना उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेल लगायत अरु नवनियुक्त मन्त्रीहरुले पनि आजै शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा भएको शपथ ग्रहण समारोहका केही तस्वीरहरु (श्रोत रासस) :

 

 

राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना तथा बधाई दिँदै ।

 

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद श्रेष्ठ । 
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पद तथा गोपनीयताको शपथ गराउँदै । 
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनीयताको शपथ पछि शपथपत्रमा हस्ताक्षर गर्दै ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणपछि सामुहिक तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद श्रेष्ठ र मन्त्रीहरु । 
 राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.