नवनियुक्त सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण
काठमाडौँ-सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।
नयाँ सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिए लगत्तै गुरुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
नेकपा (एमाले) का नेता गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो ।
गुरुङले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउनुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्