बाढी पहिरोको घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकालाई मृतक सरह राहत उपलब्ध गराइने

काठमाडौँ- सरकारले वाढीपहिरोमा परी ज्यान गुमाउने गुमाउनेहरुलाई श्रदान्जली अर्पण गर्दै तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले २०८२ साल असार मसान्तसम्म सडक बालवालीका मुक्त बनाउने निर्णय गरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा फगलाईट जडान तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्याराफिट निर्माण ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्वा गुरुङले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् मन्त्रिपरिषद्का बिभिन्न समितहरुमा प्रकृयामा रहेका वा प्रकृयामा नलगेका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्प पीडितलाई दोश्रो र तेश्रो किस्ता वापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्य सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम गर्दा मन्त्रालयहरु वीच समन्वय गरेर गर्न निर्देशन दिनु भएको छ ।
त्यसैगरी एक महिना भित्र आ-आफ्नो मन्त्रालयले केही फरक देखिने गरी काम गर्न र ६ महिनामा सरकारले केही गर्छ भनेर विश्वास जगाउने गरी काम गर्न निर्देशन दिनु भएको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले असफल हुने छुट नभएको भन्नुहुदै एक बर्ष भित्र सूचकांकमा देखीने गरी काम गर्न निर्देशन दिनु भएको छ । बैठकले लोकतन्त्र प्राप्तिको लागि योगदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान तथा श्रद्द्धानजली अर्पण गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.