रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालबालिकाको मृत्यु, एकजना बेपत्ता

रुकुम पश्चिम- गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.