नेप्से परिसुचक ७०.१८ अंकले वृद्धि

काठमाडौँ- सेयर कारोबार मापक नेप्से परिसुचक ७०.१८ अंकले बढेको छ । कुल ३.१३ प्रतिशत विन्दुले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो ।

कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।कुल २३४ कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्य घट्यो ।

म्युचुअल फन्डबाहेक सबै उपसमूहको बढ्यो । जिवन बिमा ३१८.८५, होटल तथा पर्यटन २०१.९६ अंकले बढेको छ ।सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभपलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.