बैंककस्थित एक लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला
काठमाडौं- थाइल्याण्डको राजधानी बैंककमा रहेको एउटा लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला परेको छ । रहस्यमय यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
ग्रान्ड ह्यात होटलमा ती मानिसहरुको मृत्यु के कारणले भयो भन्ने विषय गम्भीर बनेको छ । पहिले होटेलमा गोली हानाहान भएको अनुमान गरिएको थियो । तर प्रहरी अनुसन्धानले घटनास्थलमा गोलाबारीको कुनै प्रमाण नभेटेको जनाएको छ ।
अधिकारीहरुका अनुसार होटलमा मृत भेटिएकाहरुको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने जनाएका छन् । मृतकहरु तीन पुरुष र तीन महिला रहेका छन् । उनीहरु सबै भियतनामी नागरिक रहेका छन् ।
ती मध्ये केहीसँग अमेरिकाको दोहोरो नागरिकता समेत रहेको थाइल्याण्डका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । घटनास्थलमा पुग्नु भएकी थाई प्रधानमन्त्री श्रेथा थाविसिनले उनीहरुको मृत्यु भएको २४ घन्टा भइसकेको बताउँदै घटनाको गम्भीर अनुसन्धान गरिने बताउनु भयो । साथै घटनामा भियतनामीकै संलग्ताको आशंका गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्