घरमा पालेको कुकुरलाई हिर्काएर मारेपछि…..

कावासोती- पूर्वि नवलपरासीको कावासोतीमा छोराले बाबुको हत्या गरेका छन । घरमा पालेको कुकुरलाई हिर्काएर मारेको भन्दै एक युवकले आफ्नै बाबुको हत्या गरेका हुन् । कुकुरलाई हिर्काएको विषयमा कावासोतीका बाबु प्रेम कुमाल र छोरा निराजनबीच झगडा भएको थियो ।

बुधबार बिहान ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम प्रवक्ता बेद बहादुर पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।

प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएपछि छोरा निराजनले ढुंगाले टाउकोमा हिर्काउँदा बाबु प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । निराजनलाई प्रहरीले पक्राउ गरेको छ प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.