‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिदै

धादिङ-अविरल वर्षसंगै सडक माथिबाट आएको लोदो सहितको ढुङ्गका  कारण मुग्लीन नरायणघाट सडक खण्डको सिमलतालमा दुई ओटा यात्रु वाहब बस एकै पटक लोदोले बगाउदा त्रिशुली नदीमा वेपत्ता भएको आज छ दिन भइसक्दा बसको अझै कुनै पत्तो लाग्न सकेको छैन ।

यो दुर्घटनामा परी बस सहित बसमा सवार सबै यात्रुहरु त्रिशुली नदीमा बेपत्ता भएको हो । दुर्घटनामा परी वेपत्ता सवारीको खोजी कार्य जारी रहेको छ भने विस्तारै वेपत्ता यात्रुहरुको शव भेटाउने क्रम जारी छ । अहिले सम्म १७ शव भेटिएका छन् जस मध्ये ८ को मात्र सनाखत भएको  छ ।

वेपत्ता बसको खोजीमा पानी मुनी बोरोस्कोपको,पानी मुनी चलाईने क्यामेरा, ड्रोनलगाएत सोनारको प्रयोग गरेकोमा अहिले भने इको साउण्डरको प्रयोग गरी खोजी कार्य गरिरहेको छ ।

पहिलो प्रयोग गरेको उपकरणले खोजी कार्य त्यति प्रभावकारी नभए पछी आधुनीक ईको साउण्डर प्रयोगमा ल्याईएको हो ।इको साउण्डर भने यो नदीको गहिराई नाप्पनेको लागी प्रयोग गरिने उपकरण भएको र यसले नदीको गहिरो भागमा भएको बस्तुहरुको ग्राफ मात्रै बनाउने गर्दछ ।

त्यसैको आधारमा संकस्पद स्थानमा खोजी गर्ने प्राविधिकहरुको भनाई छ । नदीको गरिहारईमा बस्तुसंग ठक्कर खाँदा डुङ्गा भए यसले डल्लो र भि–आकारको इको ग्राफ देखाउछ । यसले फालेको ध्वनी अनुसार ग्राफ मनीटरमा निस्कने र त्यही आधारमा खोजी गर्ने ईन्जीनियर युवराज देवकोट बताउनु हुन्छ । नदीमा बस भए त्यसको ध्वनीले आयत आकारको ग्राफ मनिटरमा देखाउछ ।

यो उपकरण पानी मुनी भएको बस्तुहरुको दृष्य हेर्ने भने प्नयोग गरिने होईन । यही उपकरणको प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता दुई बसको खोजीका लागी सरकारले दुर्घटना स्थल सिमलताल क्षेत्रमा पर्नै त्रिशुली नदी सेती दोभभान लगाएत नारायणी नदीदेखि भारतको सीमा क्षेत्रसम्म टोली परिचालन गरेको छ ।

काडमाण्डौबाट गौर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ख २४९५  नम्वरको गणपती डिलक्स र विरगंजबाट काठमाण्डौतर्फ आउदै गरेको   बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्वरको एन्जल डिलक्स बस दुर्घटनामा परी नदीमा बेपत्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.