सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त
काठमाडौँ– नेकपा एमालेको मुख्य सचेतक मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गर्नु भएको हो ।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।
बर्तौला यसअघि एमालेको सचेतक जिम्मेवारी सम्हाल्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्