महान्यायाधिवक्तामा रमेश वडाल  नियुक्त

काठमाडौँ- सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकारको रुपमा रहने संवैधानिक ब्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.