प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

काठमाडौँ- प्नधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य कला र ज्ञानको उद्गम स्थल नेपाल भएको वताउनु भएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालबाटै ऋषि मुनीहरुले सबैलाई ज्ञान दिएको र गीत संङ्गीत शुरुवात पनि यहीबाट भएको वताउनु भयो  ।ज्ञानको शुरुवात र संस्कृति निर्माणको प्रमुख थलो नेपाल भएको र यहीवाट बिभन्न धार्मीक ग्रन्थ लेखिएको पनि प्रधानमन्त्री ओलीले वताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल प्रतिभाको देश भएकोले खोजी खोजी यस्ता सम्मान गर्नु पर्ने वताउनु भयो ।छिन्नलता गीत पुरस्कार गुठीले गीत सङ्गतको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान प्रदान गरेको छ । कार्यक्रममा पुरस्कृत एवं सम्मानित श्रष्ठाहरुलाई २०७९ र २०८० सालका पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवा प्रतिभा पुरस्कार गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवा प्रतिभा पुरस्कार गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही १ लाख रुपैया र युवा प्रतिभा पुरस्कार ५० हजार रुपैया रहेको छ ।छिन्नलता गीत पुरस्कार गुठीले ४२ बर्ष देखी गीत सङ्गीत मार्फत योगदान पुर्‍याउनु हुने कलाकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।हाल सम्म गठुठीले १सय ९० जनालाई पुरस्कृत गरेको जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.