कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ

हुम्ला- कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका-६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो ।

उनी दिल्ली हुँदै साउन -१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.