बाख्रा चराउन गएका एक जनाको बुकी लेखबाट खसेर मृत्यु

दाङ- दाङमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका- ६ राजपुर निवासी ६२ बर्षिय बुद्धिराम चौधरी बाख्रा चराउन गएको समयमा बुकी लेखबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिइन् ।

स्थानीय टंकप्रसाद चौधरीको घरमा विगत तीन बर्ष देखी बुद्धिराम गाई, बाख्रा चराउने काम गर्दै आएका थिए । साउन एक गते बाख्रा चराउन गएका बुद्धिराम घर नफर्किएपछी उनको खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा गंगदी सामुदायिक वन उपभोक्ता समुहको बुकी लेखबाट खसेर मृत्यु भएको अवस्थामा बिहिवार शव फेला परेको थियो । शव पोष्ट मार्टमको लागी लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.