बस र ट्रयाङ्कर जुधेर दुर्घटना हुँदा १२ जना घाइते

धनकुटा- धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङकर ठोकिँदा १२ जना घाइते भएका छन् ।

सुनसरीको धरानबाट संखुवासभाको आँखिभुइ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दुध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्याङकर ठोकिँदा बसमा सवार १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ । उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहे पनि थप समस्या देखिए धरान पठाइने प्रहरीको भनाइ छ ।

बस चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन भने दुवै सवारीका चालक भने सकुशल रहेका प्रहरीका भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.