प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिने निर्णय

काठमाडौँ- कार्यव्यवस्था परामर्श समितिको बैठकले पर्सि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र साउन १५ गते भित्रमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबार बसेको बैठकले साउन ६, ७, ८, १३, १४ र १५ गते प्रतिनिधि सभाको बैठक बस्ने निर्णय गरेको हो । ६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीले ७ गते प्रत्यक्ष प्रश्नोत्तर गर्ने, ८ गते मन्त्रालय गत प्रश्नोत्तर गर्ने कार्यतालिका समेत तय गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले परामर्श समितिका साथै विभिन्न विषयगत तथा संसदीय समितिमा रिक्त भएका पदका लागि तत्काल नाम सिफारिस गर्न ध्यानाकर्षण गराउनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो ।

यस अघि बिहिबार सभामुख घिमिरेले मुख्य सचेतकका साथै सचेतकहरुसँगपनि छलफल गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.