माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक: साझा धारणा बनाएर अघि बढ्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेका छन ।

सिंहदरबारमा बसेको माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालिएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो बिषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उहाले बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा प्रतिपक्षी दलसँग साझा धारणा बनाएर अघि बढने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.