रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय

अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ ।
अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।
पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।
न्यायाधीश आन्द्रेई मिनेयेभले भन्नुभयो, “उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो ।”
कालो ट्राउजर र टि–सर्ट लगाउनुभएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गर्नुभएन । आफूलाई लैजाँदा उहाँले पत्रकार साथीहरूलाई हात हल्लाउनुभयो ।
आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बन्नुभएको छ । उहाँलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो ।
उहाँले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताउनुभयो । उहाँको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ ।
जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधान सम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भन्नुभयो, “यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो ।”
प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।
वासिङ्टनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइलाई सुरक्षित गर्न गेर्शकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको विश्वास गरेको छ ।
जुनको अन्त्यमा भएको पहिलो सुनुवाइदेखि उहाँको मुद्दा तीव्र गतिमा अघि बढेको छ । अभियोजन र प्रतिरक्षा टोलीले शुक्रबार आफ्नो अन्तिम तर्क दिएका छन् ।
रुसमा यस्तै प्रकारका अन्य मुद्दाहरूको सुनुवाइ अन्यन्त सुस्त गतिमा हुने गरेको छ । सुनुवाइका बीचमा धेरै साता र यहाँसम्म कि महिनौँ लाग्ने गरेको छ ।
शुक्रबार प्रश्न गर्दा क्रेमलिनले कैदीहरूको अदलाबदलीको सम्भावनाबारे अडकलहरूमा सहभागी हुन अस्वीकार गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.