रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिनुभयो ।

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.