गुल्मीमा निस्ति खोलाले बगाएर एक जना बेपत्ता

गुल्मी- गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताउनुभयो ।

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएकाा थिए । मुसिकोट नगरपालिका वडानम्बर -१ अरेवा घर भई हाल वडानम्कर-२ निस्ति मामाघरमा बस्दै आएकाा थिए ।

उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आज बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.