लुम्बिनीको मुख्यमन्त्री बन्दै एमाले नेता लिला गिरी

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी बन्नुहुने भएको छ । केन्द्रीय राजनितीमा आएकाे फेरवदलका कारण लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व फेरिन लागेकाे हाे । लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एमालेकाे जिम्मामा परेकाे लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री लिला गिरीलाइ बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले जानकारी दिनुभयाे। एमाले र कांग्रेसकाे समर्थनमा मुख्यमन्त्रीमा गिरीलाइ अगाडि बढाउने सहमति जुटेकाे हाे ।

दुबै दलकाे तर्फबाट मुख्यमन्त्रीमा गिरीलाइ नियुक्तिकाे लागि प्रदेश प्रमुख सक्षम आजनै दावी पेश गर्ने तयारी गरिएको छ ।

आज बस्ने संसद बैठकमा मुख्यमन्त्री जाेखबहादुर महराले विश्वासकाे मत लिने तयारी गर्नु भएको छ । तर, एमाले र कांग्रेसकाे विचमा मुख्यमन्त्रीकाे लागि सहमति भएपछी महराले संम्बाेधन गरेर राजिनामा दिन सक्ने उहाँ सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.