बागमति प्रदेशः मुख्यमन्त्री जम्मकट्टेलद्वारा राजिनामा

मकवानपुर- बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजिनामा दिनुभएको छ ।

बागमती प्रदेश सभाका मुख्य ठूला दुई दल कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धनमा सरकार निर्माण गर्ने सहमती जुटेपछि मुख्यमन्त्रीले पदबाट राजिनामा दिनुभएको हो । गत असार २४ गते नेकपा एमाले सरकारबाट बाहिंरिदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

३७ सीट रहेको नेपाली कांग्रेस, २७ सीटको नेकपा एमाले र १३ सिट रहेको राप्रपाले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्ने सम्भावना नै नरहेपछि राजिनामाको विकल्प रोज्नु भएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलसंग नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजबादीको ७ र हाम्रो नेपाल पार्टीको २ मत गरी ३० मत मात्रै पक्षमा रहेको थियो ।

२०७९ पौष २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री जम्मकट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.