राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवारः लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाउनुभयो । समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उहाँले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको धारणा राख्नुभयो । पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको तर्क गर्नुभयो ।
सांसद लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याउनुभयो । उहाँले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने संसद्मार्फत जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.