लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री महराले छिट्टै नयाँ सरकार गठन गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेभन्दा बढी विश्वासका साथ काम गरेको दाबी गर्नुभयो ।
“केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो”, उहाँले भन्नुभयो । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्दै मुख्यमन्त्री महराले चालु आर्थिक वर्षको नीति तथा कायक्रम कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले जानकारी दिनुभयो । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.