प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाइ मत

पक्षमा १८८ मत, बिपक्षमा ७४ मत र पक्ष वा विपक्ष दुबैमा मत नदिने १ जना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीलाई  १८८  जना सांसदहरुले विश्वासको मत दिनुभएको हो ।

विश्वासको मतको विपक्षमा ७४   मत परेको थियो ।

विश्वासको मतको पक्ष वा विपक्ष दुबैमा मत नदिने सांसदको संख्या  १ थियो ।

प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेश सिंहले मत दिनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजबादीले विश्वासको मत दिएनन ।

नेमकिपाका सांसदले विश्वासको मतको पक्ष वा विपक्षमा दुबैमा मत दिएनन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.