लुम्बिनीमा एमालेबाट आचार्य मुख्यमन्त्री बन्दै

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसँगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी छ ।

‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निर्णयानुसार प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आज ५ बजे दाबी पेश हुने बताउनु भयो ‘केन्द्रको निर्णयानुसार मुख्यमन्त्रीमा दलका उपनेता आचार्यलाई अघि बढाउने कुरा भएको सचेतक चौधरीले बताउनु भयो ।

यसअघि संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री बन्ने जानकारी गराइए पनि अन्तिममा आएर मुख्यमन्त्रीको उम्मेदवार फेरिएको छ । आचार्यको नेतृत्वमा सरकार बनाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले जानकारी दिनुभएको छ ।

अर्घाखाँची निर्वाचित क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुभएको थियो ।

त्यसपछि लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री हुनुभएको थियो ।

प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजेसम्मको समय दिनुभएको छ । साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गर्ने तयारी छ । उता दलका नेता लिला गरीले योनिर्णय प्रति असन्तुष्टी जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.