लुम्बिनीको मुख्य मन्त्रीमा एमालेका नेता चेतनारायण आचार्यको दावी पेश

काठमाडौँ- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गर्नुभएको छ ।

आचार्यले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसमक्ष आज मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

आचार्यले नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गर्नुभएको छ ।

केन्द्रीय सत्ता समीकरणमा नयाँ परिवर्तन भएसँगै प्रदेशहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

हिजो मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.