स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बारा- बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नं. १ घोडासहन नाकाबाट श्रोत नखुलेको रकम ओसार पसार गर्ने दुई जना १० लाख २० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोटरसाईकल चालक जिल्ला बारा, फेटा गाँउपालिका वडा नं. ६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र मोटरसाइकलका अर्का सवार वर्ष २२ को बागर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलिले ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा आउँदै गरेको अबस्थामा उनीहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु. १० लाख २० हजार सहितपक्राउ गरिएको हो ।

उनीहरुलाई हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.