मकैवारीमा मृत अवस्थामा गैडा भेटियो

चितवन- चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको हो ।

गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.