बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश

मकवानपुर- नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुख कार्यालयमा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गुर्नभएको हो ।

लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरी दाबी पेश गरिएको छ । दाबी पेश गर्न कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो ।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुगेको छ ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.