संक्रममणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दलहरु सहमति नजिक

भोलि बस्ने बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्षतहमा बुझाउने

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा दलहरु सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठकमा विधेयकमा सहमति जुटाउन बाँकी रहेका मुख्य चार विषयमा छलफल भएको हो।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमति विषयमा छलफल गर्दै सहमति खोज्ने प्रयास गरिएको बैठक सकारात्मक रहेको कार्यदल सदस्य एवम् सत्तरुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो ।

‘प्रधानमन्त्रीको निर्देशन बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि मुख्य असहमतिका रहेका गाठो परेका ४ विषयहरु टुँङ्गोमा पुर्‍याउन करिव-करिव ७० सहमतिका जुटेको छ,  बर्तौलाले भन्नुभयो ।

आजको बैठकमा विधेयकमा नमिलेका विषयमा सहमतिको प्रयास गरिएको भोलि बस्ने बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.