पहिरोको उच्च जोखिममा राजमार्गः यात्रा सकस र जोखिमपूर्ण बन्दै- तस्वीरहरु

धादिङ- मनसुन सक्रिय भएसँगै पछिल्लो केही दिनयता पृथ्वी राजमार्ग र मुग्लिन-नारायणघाट सडक खण्डको सवारी यात्रा निकै जोखिम बन्दै गएको छ । राजमार्गको माथिल्लो भागबाट खस्ने पहिरोले गर्दा यात्रामा थप समस्या र जोखिम बढेको हो ।

देवीप्रसाद सापकोटा

राजमार्गको आधिकांश स्थानमा पहिरो नै पहिरो छ भने पानी परेको बेला माथिबाट ढुङ्गा खस्ने, लेदोले सडक पुरिने, पहाडका भित्ता खस्नेलगायतका समस्या विकराल बन्दै गएको छ । जसले गर्दा नौबिसेदेखि मुग्लिनसम्म मात्रै नभई मुग्लिन-नारायणघाटको यात्रा समेत जोखिमपूर्ण बनेको हो ।

राजमार्ग भन्दा माथिल्लो भागबाट खस्ने पहिरोका कारण सवारी साधनहरू जाममा पर्ने समस्यासँगै पछिल्लो समय दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । राजमार्गमा स्तरोन्नतिसहित सडक फराकिलो बनाउने निहुँमा पहाडका भित्ता काटेर छाडिदिएको र भित्ता काट्दा पनि प्राविधिकहरूको निगरानीमा काम नहुँदा पहिरोको जोखिम राजमार्गमा बढेको हो ।

अहिले पृथ्वी राजमार्गको धादिङदेखि मुग्लिनसम्म मात्रै करिब १७ भन्दा धेरै ठाउँमा र मुग्लिन-नारायणघाट सडक खण्डको एक दर्जन स्थानमा पहिरोको उच्च जोखिममा रहेको छ ।

सामान्य पहिरो त राजमार्गको नगन्य रुपमा रहेको छ । सडकको अवस्था पनि झनै दयनीय बन्दै गएको छ । पछिल्लो समय पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडक खण्डमा यो समस्या विकराल बन्दै जान थालेको हो ।

राजमार्गमा सवारी चलाइरहँदा कहाँ कतिखेर पहिरोले छोप्ने हो, कुनै पत्तो नहुने भन्दै ज्यान निकै जोखिममा राखेर राजमार्गमा यात्रा गर्नुपर्ने भनाई यात्रु र सवारी चालकको छ ।

पहाड काट्दा मेसिन अपरेटरको भरमा छाडिदिने प्रचलनका कारण प्राविधिक रुपमा पनि थप समस्या आउने गरेको छ । आधिकांश स्थानमा सडकको माथिल्लो भाग अहिले कर्भ सेफमा भित्ता काटिदिएका कारण माथिबाट पहिरो खस्ने गरेको हो ।

वर्षाका कारण राजमार्गका आधिकांश स्थानमा एकातर्फ मात्रै सवारी गुड्ने गरेको छ । जसले गर्दा यात्राका क्रममा यात्रुहरू जाममा बस्नुपर्ने बाध्यता छ । आजकल राजमार्गमा पहिरो बगीरहने रहने समस्या निकै ठुलो चुनौतीको रुपमा आएको छ ।

विषेश गरी धादिङको नौबिसेदेखि मुग्लिन र नारायणघाट सडकखण्डमा मनसुन सक्रिय भएसँगै यो समस्या विकराल रुपमा आउन थालेको हो । जसले गर्दा सवारी साधनहरू समेत दुर्घटनामा परी ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.