मुख्यमन्त्री आचार्यद्वारा पद तथा गोपनीयताको शपथ

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उहाँले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिनुभएको हो ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले आजै ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.