सौर्य जहाज दुर्घटना अपडेटः गृहमन्त्री घटनास्थलमा

काठमाडौं- एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान करिब सवा एघार बजे दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

अहिले विमानमा रहेकाहरुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.