विमान दुर्घटनामा घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँ- आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट घाइते भएका क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझ्न, प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल सिनामंगलमा पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली घाइते क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझन आज साँझ केएमसी अस्पताल पुग्नु भएको हो ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।विमानमा सवार १८ जनाको शव  शव पोसमार्टनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.