राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त

काठमाडौँ-  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ ।
मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्रका प्राध्यापक हुनुहुन्छ ।
यसैगरी, बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
यसैगरी, सरकारले नेपाल सरकारको  कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.