गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता पुरुष मृत फेला

गुल्मी- गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए ।

उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर- ४ दोभान स्थित छल्दि खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।

कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए । मुसिकोट नगरपालिका वडानम्बर -१ अरेवा घर भई हाल वडानम्कर-२ निस्ति मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.