जगदुल्लाका सबै बिद्यालयमा स्थानीय पाठ्यक्रम लागू

डोल्पा- हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाका सबै बिद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

गाउँपालिका भित्र रहेका आधारभूत तहको कक्षा १ देखि ५ सम्म हामि, हाम्रो जगदुल्ला गाउँपालिका नामको स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।

पाठ्यक्रमले स्थानीय भेषभुषा, कला सँस्कृति, रहनसहन, पर्यटन, जीवनशैली लगायतका विविध पक्षलाइ समेट्नुका साथै पुराना कला सँस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचाहन तथा प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बुढाको भनाइ छ ।

पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा ५ र बार्षिक कार्यघण्टा १६० रहेको र पुर्णाङ्क १०० रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.