इजरायली सेनाद्वारा मध्य गाजाको एक विद्यालयमा आक्रमण, ३० जनाको मृत्यु
इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाह सहर नजिकैको एउटा विद्यालयमा गरेको हमलामा ३० प्यालेस्टाइनी मारिएका छन् ।
घटनामा परी अन्य १ सय जनाभन्दा बढी घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल डिफेन्स फोर्स आईडीएफले टेलिग्राममा हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर खादिजा स्कूल भित्र रहेको बताएको छ ।
इजरायली रक्षा सेनाका अनुसार हमासले आक्रमणलाई निर्देशित गर्न, योजना बनाउन र हतियार भण्डारण गर्न लुक्ने ठाउँको रूपमा सो विद्यालयको कम्पाउन्ड प्रयोग गरेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका तस्वीर तथा दृश्यहरुले पीडित सर्वसाधारण रहेका छन् । ती मध्ये पनि अधिकांश बालबालिका रहेका छन् ।
गाजाको नागरिक रक्षा सेवाले आक्रमण गरिएको विद्यालयमा विस्थापित मानिसहरूले आश्रय लिइरहेको बताएको छ । विद्यालयमा करिब ४ हजार विस्थापित मानिसहरूले शरण लिएको बताइएको छ ।।
प्रतिक्रिया राख्नुहोस्