२ पटक सर्किट लागेर ६० मिनेट कारोवार रोकिएपछि सम्हालिएको बजार

काठमाडौँ- उच्च अंकले बढेर सर्किट लगाउदै अघि बढेको नेप्से २ पटक सर्किट लागेर ६० मिनेट कारोवार रोकिएपछि अहिले सम्हालिएको छ । २ पटक कारोवारमा अवरोध सिर्जना गरेपछि बजार सम्हालिएको हो । मौद्रिक नीतिपछि पहिलो पटक खुलेको बजार २ मिनेट पनि हुन नपाउदै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट व्रेक लगाएर २० मिनेट कारोवार बन्द गरिएको थियो । त्यसपछि बजार खुल्दा पनि नेप्से बढ्ने क्रम रोकिएन र ५ प्रतिशतले बढेपछि बजारमा दोश्रो सर्किट ब्रेक लाग्यो र बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।

प्रि ओपनमा नै ३८ अंकले बढेको बजार दोश्रो सर्किट ब्रेक लाग्दा नेप्से १ सय २९ अंकले बढेर नेप्से परिसुचक २ हजार ६ सय ९७ नाघेको थियो । त्यती बेलासम्म कारोवार रकम भने ५२ करोड ५० लाख रुपैयाँको हाराहारीमा मात्र थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि यस अघि लगाएको लगानीको सीमा हटाएको छ । त्यसको असर बजारमा देखिएको हो ।

सोही कारण लगानीकर्ताहरु धेरै पूजी भएका तर सस्तो मुल्य रहेका बैक तथा वित्तिय संस्थाका शेयर किन्न झुम्मिदा बजारमा असर देखिएको हो । नेप्सेले बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे वा घटे २० मिनेट, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे वा घटे ४० मिनेटको लागि कारोवार रोक्ने नियम बनाएको छ । नेप्सेको नियमान अनुसार जुनसुकै समयमा ६ प्रतिशतले बढेमा वा घटेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.