प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत
काठमाडौं – निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ ।
प्रधान स्वयमले आफू सो पदका लागि इच्छुक नरहेको भन्दै निवेदन दिनुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।
संवैधानिक परिषद्ले गत असार २ गते उहाँको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो ।
बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए ।
प्रतिक्रिया राख्नुहोस्