सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय
काठमाडौं – सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै हुनुहुन्छ ।
परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।
तनहुँमा जन्मिनु भएका सिग्देलको स्थायी घर भैरहवा हो। सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुनु भएको थियो।
प्रतिक्रिया राख्नुहोस्