बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई बिश्वासको मत प्राप्त
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आजको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाउनुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो
१ सय १० सदस्य रहेको बागमती प्रदेश सभाको बैठकमा मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्री लामाको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको थियो । मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रदेश सभा सदस्यहरुले मत दिनुभएको थियो ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले विपक्षमा मत दिएका थिए।
नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेका थियो ।।
प्रतिक्रिया राख्नुहोस्