भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका

भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन् ।

मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो । उद्धार कार्य जारी छ .तर भारी वर्षाका कारण तथा एक पुल भत्किदा उद्धार कार्यमा अवरोध भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सेनाले खोज र उद्धार कार्यमा सुरक्षा बललाई सहयोग गर्न दुई सयभन्दा बढी कर्मचारीलाई सो क्षेत्रमा खटाएको छ । कम्तीमा सय सय जना घाइतेको उपचार गरिरहेका स्थानीय अस्पतालहरूले जनाएका छन् । २ सय ५० जनालाई उद्धार गरिएको समाचार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.