पनाहा खोलामा पक्की पुल निर्माण भएपछि पालुखाबासिमा खुसियाली

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल नहुदा वषौंदेखि सास्ती खेप्दै आएका यस भेगका नागरिकहरुलाई सहज भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ र इस्मा गाउँपालिकाको वडानम्बर–२ पालुखा जोड्ने गरि पनाहा खोलामा पक्की पुल निर्माण भएको हो । पक्की पुल नबन्दा वर्षातको समयमा इस्माको पालुखा लगायत जैसीथोक, धुर्कोट सम्म पुग्नका लागि जोखिम मोल्नुपर्ने अवस्था रहेको थियो ।

अहिले पनाघाट खोलामा पक्की पुल बनेसँगै यहाँका नागरिकहरुलाई वषौंदेखि खोलामा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता अत्य भएको इस्मा गाउँपालिका वडानम्बर–२ पनाहाका टंकप्रसाद श्रेष्ठले बताउनुभयो । पक्की पुल नभएकै कारण कतिपय सवारी साधनहरु बगाउने तथा खोलामा जोखिम मोलेरै तर्नुपर्ने अवस्थाको स्मरण गर्नुभयो ।

सडक डिभिजन कार्यालय पाल्पामार्फत २०७६ साल असोज १२ गते उक्त पुल निर्माणको सम्झौता भएको पाल्पा सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो ।

पुलको समयमै निर्माण हुन नसक्दा एक पटक म्याद थपेर ०८१ साल असार मसान्तमा पुल निर्माणको काम सम्पन्न भएको हो । ३५ मिटर लम्वाई रहेको पुलको ५ करोड ६ लाख ५ हजारको लागतमा महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले निर्माण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.