पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरोः सवारी आवगमनमा समस्या

धादिङ- हिजोदेखी परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेपछि सवारी आवगमनमा थप समस्या उत्पन्न भएको छ ।

राजमार्गको ठाँउ ठाँउमा स–साना र ठुला पहिरो खस्दा सवारी आवगमनमा समस्या आएको हो । अधिकांश स्थानमा सवारी एकातर्फी मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

रातको समयमा परेको वर्षाले गर्दौ खोलामा पानीको बहाव बडेको र सडकमा पानी पसेपछि बजार समेत जलमग्न भएको थियो । अहिले पृथ्वी राजमार्ग राजमार्ग हुँदै संघीय राजधानी प्रवेश गर्ने र राजधानीबाट तराईका जिल्लाहरुमा जान निस्किएका यात्रुबाहक र मालवाहक सवारीका साधनहरु निकै कष्टप्रद तरिकाबाट यात्रा गर्न बाध्य छन् ।

सडक पहिरोको जोखिममा रहेको छ भने जथाभावी खनिएको सडकका कारण खाल्टाखुल्टीले दुर्घटनाको पनी उत्तिकै खतरा बढेका राजमार्ग प्रहरीको भनाई छ ।

राजमार्गमा खसेको पहिरो हटाउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.