सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा- गएरातिदेखि परेको अविरल बर्षाका कारण स्याङ्जामा बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको गल्याङ नगरपालिका-१ मालुङ्गामा लेदोसहितको माटो सडकमा थुपरिएपछि सवारी साधन आवागमन ठप्प भएको हो ।

ढुङ्गा सहितको लेदो माटोमा मालवाहक ट्रक फँसेपछि लामो तथा छोटो दुरीका सवारी साधन बाटैमा रोकिएका छन् । बिहानैदेखि डोजरले सडक पन्छाउने काम सुरु गरेको भएपनि अझै केही घन्टा खुलाउन समय लाग्ने गल्याङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.