सार्वजनिक जग्गा फिर्ता अभियान

 स्याङजा – पछिल्लो समय जिल्ला प्रशासन कार्यालय स्याङजाले अतित्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानको थालनी गरेको छ । अतिक्रमण भएका त्यस्ता जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्यायाउन गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा उक्त कामको थालनी गरीएको हो ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको भनी आएका गुनासा र उजुरीहरूका आधारमा जिल्ला प्रशासन शसस्त्र प्रहरी सहितको टोली र स्थानीयसँगको सहकार्यमा अतिक्रमित जग्गा स्थलगत अनुगमन समेत गरीएको छ ।

सोहि अनुसार मंगलवार पुतलीबजार नगरपालिका वडा नं १३ मा रहेको ५० रोपनी अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा फिर्ता गरीएको छ ।

सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो । त्यसैलै उक्त कामको थालनी गरीएको स्याङजाका प्रमुख जिल्ला अधिकारी सुुनिता नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.