इजरायली विशेष सैन्य कारबाहीमा हमास नेता इस्माइल हानिये मारिएको दावी

एजेन्सी । इजरायली विशेष सैन्य कारबाहीमा हमास नेता इस्माइल हानिये इरानमा मारिनुभएको छ  । उहाँ गत मंगलबार मात्र नवनिर्वाचित इरानी राष्ट्रपति मसूद पेजेस्किएनको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन इरान पुग्नुभएको थियो ।

इरानले हानियेको मृत्युको बारेमा अनुसन्धान गर्ने बताएको छ ।

इस्लामिक लडाकू समूह हमासले इजरायले गरेको गुप्त सैन्य कारबाहीमा इरानको तेहरान स्थित निवासमा आफ्ना नेता मारिएको दाबी गरेको छ । यद्यपी इजरायलले उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

हानिये सन् २००६ मा छोटो अवधिका लागि प्यालेस्टिनी प्रधानमन्त्री समेत बन्नु भएको थियो । उहाँ सन् २०१७ मा हमासको राजनीतिक ब्युरोका प्रमुखका रुपमा निर्वाचित हुनुभएको थियो । तर उहाँका गतिविधिको विरोध गर्दै अमेरिकाले उहाँमाथि सन् २०१८ मा आतंककारीको सूचीमा राखेको थियो ।

उहाँ केही वर्षदेखि कतारमा शरण लिएर बस्दै आउनु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.