अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

स्याङजा –गएरातिदेखि परेको अविरल बर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्त्रगत स्याङजा पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

गल्याङ नगरपालिका–१ मालुङ्गामा सडक माथिबाट आएको लेदोसहितको माटाले विहान ५ बजेबाट राजमार्ग अवरुद्ध भएको थियो ।
ढुङ्गा सहितको लेदो माटोमा मालवाहक ट्रक फँसेपछि लामो तथा छोटो दुरीका सवारी साधन बाटैमा रोकिएका थिए ।

सडममा जम्मा भएको माटो सफा गरेपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकरी दिनुभयो । राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.