बेलगाछि पुल बाढिको कारणले क्षतिग्रस्त , सवारि आवागमन ठप्प
बर्दिबास –महोत्तरीको गौशाला नगरपालिकाको ८ मा पर्ने पुर्व पश्चिम राजमार्ग (बर्दिबास बाट लगभग ७ किलोमिटर) पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढिको कारणले क्षतिग्रस्त भएको छ। जसका कारण सवारी आवागमन ठप्प हुन पुगेको छ ।
पुर्व तथा पश्चिम्बाट आउने सवारी साधनहरु लाई बैकल्पिक बाटोको लागि अहिले हुलाकी मार्ग गौशाला सम्सी भएर महोत्तरीकै लक्ष्मिनिया चोक भएर आवतजावत भइ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्